१५ औं महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसले अव प्रदेश र जिल्ला अधिवेशनको तयारी गरेको छ ।
महाधिवेशन अघि देशभरका वडा,पालिका, क्षेत्रीय अधिवेशन सकेर महाधिवेशनमा केन्द्रित भएको सो पार्टीले केही दिनभित्रै प्रदेश र जिल्ला अधिवेशनको कार्यतालिका ल्याउने तयारी गरेको स्रोतले बताएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सपथ ग्रहण लगत्तै बस्ने केन्द्रीय समितिको बैठकले यस विषयमा छलफल गर्ने जनाईएको छ । पदाधिकारी र सदस्यको सपथ कार्तिक १२ गते बिहिबार गर्ने गरी निर्वाचन समितिले तयारी गरेको छ । सभापति गगन थापाले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पार्टीका प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरिने बताएका छन्। ११३ औं वी.पी. जयन्तीको अवसर पारेर वी.पी. स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले केन्द्रीय समिति बैठकमा छलफल गरेर प्रदेश र जिल्लाको अधिवेशनको मिति तय गरिने बताए।
नेपालको इतिहासमा धेरै प्रतिनिधि एकै ठाउँमा भेला भएर सम्पन्न भएको पहिलो अधिवेशन भएको दाबी गरे। नेपाली कांग्रेसमा अहिले २० वर्षदेखि ८० वर्षसम्मका चार पुस्ता एकैसाथ क्रियाशील रहेको उल्लेख गर्दै उनले यसलाई पार्टीको अलौकिक पुँजी भएको पनि बताए ।कांग्रेस सबैखाले समस्या समाधान गर्ने संकल्प बोकेर आएको सभापति थापाले बताए । विगतको समीक्षा गर्दै उनले सुशासन र शासकीय कमजोरीलाई कांग्रेसले स्वीकार्नुपर्ने बताए ।उनले नेताहरूको तडकभडकपूर्ण शैलीले जनतामा वितृष्णा जगाएको बताए ।यसलाई बदल्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा सभापति थापाले गण्डकी प्रदेशअन्तर्गतका प्रत्येक जिल्लाबाट पार्टीमा विशिष्ट योगदान पु¥याएका १,१ जना गरी ११ जना व्यक्तिलाई सम्मान गरेका छन् ।
पार्टी र लोकतन्त्रका लागि अनवरत खटिएका निष्ठावान् अग्रजहरूको कदरस्वरूप सम्मान गरिएको पुस्तकालयका अध्यक्ष माधव बास्तोला मधुले जानकारी दिए । हिजो पोखरा विमानस्थलमा ओर्लिएर सिधै स्याङ्जा पुगेका थापा आज दिनभर पोखरा रहने बताईएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालय…







