ढोरपाटन

ढोरपाटनमा हिमपातहुँदा जनजीवन प्रभावित

भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् । निसीखोला गाउँपालिका–६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो । हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका–९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए।… पुरा पढौ

ढोरपाटनमा बढ्दै पर्यटक स् दश महिनामै साढे चार करोड राजस्व सङ्कलन

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमेत वृद्धि हुन थालेको छ । सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ४८ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । खास गरी ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गरेका छन् । विसं २०४४ मा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिँदै आएको छ । अघिल्लो आवमा रु तीन करोड ४८ लाख मात्रै राजस्व सङ्कलन भएकामा… पुरा पढौ

ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै

ग्रामीण क्षेत्र हुँदै नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो । चार वर्ष अगाडिदेखि कालोपत्रेको काम थालिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । ट्रयाक खुलेको १० वर्षपछि विसं २०७६ सालदेखि उक्त सडक कालोपत्रे गर्न थालिएको थियो । बहुवर्षे योजनाअनुसार चार वर्ष अगाडि सम्झौता गरे पनि कोभिड–१९ का कारण केही समय काम प्रभावित बनेको थियो । अहिले उक्त कामले तीव्रता पाएको छ । ढोरपाटन नगरपालिका–६ दोगाडी हुँदै गाडीखोला–चामिद्वारा–छेन्तुङ ढोरपाटन सडक राष्ट्रिय प्रथामिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको… पुरा पढौ

अब गोठमा बस्नु पर्दैन पर्यटक

एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल । जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो । जनैपूर्णिमाका अवसरमा मात्रै तीर्थयात्रु ढोरबराह मन्दिरमा पूजाअर्चना जाने गर्थे भने अन्य सिजनमा फाट्टफुट्टमात्रै मानिस घुम्न जान्थे । ढोरपाटन पुग्नेहरू गाईभैँसी बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे । खाना खाने र सुत्ने होटलको सुविधा थिएन । अहिले… पुरा पढौ

ढोरपाटनमा निजी लगानी आउने आशा

नेपालको एकमात्र सिकार आरक्षसमेत रहेको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा ठूला पूर्वाधारहरु नहुँदा आरक्ष स्थापनाको ४० वर्षसम्म ढोरपाटनको मुहार फेरिएको छैन । “ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीसमेत पटक–पटक आउनुभयो, तर ढोरपाटनका लागि आवश्यक लगानी, नीति तथा कार्यक्रम आएन”, बागलुङको ढोरपाटन नगरपालिकाका नगरउपप्रमुख कल्याण कायतले भने, “ढोरपाटन आउने सडक निकै समस्यामा छ, पाहुनालाई राख्ने सुविधा सम्पन्न होटलहरुको अभाव छ, प्राकृतिक सुन्दरता हेर्नका लागि आउने पर्यटकहरुलाई पूर्वाधारको कमी छ, अब हामीलाई आश्वासन हैन लगानी आवश्यक छ, ढोरपाटन ठूला लगानीकर्ता पर्खिरहेको… पुरा पढौ