पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ३१ कार्यसमितिका सभापति वीरभद्र कँडेलको अध्यक्षतामा तथा नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का क्षेत्रीय सभापति सरोज केसीको प्रमुख आतिथ्यतामा भेटघाट, छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि केसीले कांग्रेस कमजोर हुँदा राष्ट्रियता र समग्र मुलुक नै कमजोर हुने धारणा राख्दै आपसी मतभेद र मनमुटाव त्यागेर कांग्रेसको झण्डामुनि एकताबद्ध हुन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे।
उनले कास्की क्षेत्र नं. १ का नेता तथा कार्यकर्तालाई आपसी गालीगलौज र आरोप–प्रत्यारोपमा नउत्रिन अनुरोध गर्दै संगठन सुदृढीकरण, सामाजिक सद्भाव र निर्वाचन केन्द्रित रचनात्मक अभियानमा सक्रिय हुन अपिल गरे।
कार्यक्रममा नेपाली कांग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले नागरिकको हित र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्न सरकारलाई आग्रह गरे।
कार्यक्रममा नेताहरु निबर्तमान क्षेत्रिय सभापती राजेन्द्रमणि लामिछाने, महाधिवेशन प्रतिनिधि शान्ति खनाल, जिल्ला सदस्य भरतप्रसाद तिवारी, वडा अध्यक्ष ढकनाथ कँडेल, नेताहरु मुराहरी कोइराला, वडा कार्यसमिति उपसभापति शक्तिश्री कोइरालालगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा कार्यसमिति सहसचिव धनबहादुर गुरुङले गरेका थिए।
यसैबीच, पोखरा–३१ को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही १२ गते शनिबार आयोजना गर्न लागिएको हाइकिङ कार्यक्रममा सहभागी हुन वडा कार्यसमितिले सम्पूर्ण नेता, कार्यकर्ता, स्थानीयवासी तथा पर्यटनप्रेमीहरूलाई आह्वान गरेको छ।
एकता, संगठन सुदृढीकरण र सामाजिक अभियानलाई सँगसँगै अघि बढाउने सन्देश कार्यक्रमले दिएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका छन् ।…







