वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताएका छन । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधान’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशमा नेपाली हस्तकलाको माग र पहिचान राम्रो छ भने । “हस्तकलामा नेपालको पहिचान, परम्परा र संस्कृति छ । हामीले हाम्रो पहिचान, परम्परा र संस्कृतिको निर्यात गरिरहेका छौँ । नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउने माध्यम हो । हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्छ । यसमा परिवार,…
पुरा पढौ