बागलुङको निसीखोला गाउँपालिका

स्वास्थ्यप्रति सचेत बन्दै निसीका आमाहरु

बागलुङको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरु आबद्ध छन् । उनीहरु गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन् । यस आमा समूहमा आबद्ध अधिकांशले १६ देखि १८ वर्षमा विवाह गरेका हुन् । बालविवाह गरेका उनीहरुले आगामी दिनमा अरूले बालविवाह नगरून् भनेर पनि मासिक रुपमा गाउँमा कसैको उमेर नपुगी विवाह भए-नभएको विषयमा छलफल गर्ने गरेको आमा समूहकी अध्यक्ष शोभा कुँवरले बताइन। “हाम्रो गाउँमा आमाहरुको स्वास्थ्य अवस्था कमजोर छ, अधिकांश बालविवाह गरेकाहरु छन्,” कुँवरले… पुरा पढौ