प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । इपिएस कोरियाका विद्यार्थीले गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा गरेको आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको थियो । साथै सो आन्दोलनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो । नेकपा (एमाल)का सचेतक महेश बर्तौलाले गत पुसमा ललितपुरमा भएको घटनाका दोषीलाई कारबाहीको माग गरे । सो घटनाबारे छानबिन गर्न गठिन समितिले दोषी ठह¥याएका सबै व्यक्तिलाई सरकारले कारबाही गर्न नसकेको…
पुरा पढौ