तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत आयोजनाको विद्युत् उत्पादन बढ्न थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएपछि जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो । दैनिकरुपमा वर्षा हुने क्रम जारी रहेकाले मस्र्याङ्दी नदीमा पानी बहाव बढेपछि पूर्ण क्षमताको बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख प्रमुख बद्री फुयाँलले जानकारी दिए । उनका अनुसार हिउँदमा ४० मेगावाट उत्पादन भएकोमा हाल वृद्धि भएर पूर्ण क्षमताको विद्युत् उत्पादन भइरहेको छ । यस आयोजनाबाट वर्षायाममा क्षमताभन्दा बढी बिजुली उत्पादन हुने गर्दछ ।…
पुरा पढौ