सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २५
होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित भाईटीका महोत्सवमा ५१ भन्दा बढी पर्यटकले भाईटीका लगाएका छन् । नेपालीको दोश्रो ठूलो चाँड तिहारको मुख्य दिन भाइटीकाको अवसरमा पोखराको लेकसाइडमा आयोजित भाईटीका महोत्सवमा १७ देशका ५१ भन्दा बढी पर्यटकले भाईटीका लगाएका हुन् ।

महोत्सवमा वेलाय, अमेरिका, अष्ट्रेलिया, लिथोनिया, बेल्जियम, जापनिज, रसियन, चीनलगायत देशका पर्यटक सहभागि भएको होटल संघले जनाएको छ । होटल संघ पोखरा, नेपालको आयोजनामा भएको महोत्सवमा स्थानिय रेन्बो चिल्डे«न होमका बालिकाहरुले पर्यटकहरुलाई भाइटीका लगाइदिएका थिए । उनीहरुले पर्यटकहरुलाई विधिपूवर्क सप्तरंगी भाइटीका लगाइ लगाईदिनुका साथै सयपत्री फुलका माला, पुरुष पर्यटकहरुलाई नेपाली ढाका टोपी र महिला पर्यटकहरुलाई सल प्रदान गरी भाईटीका मसला समेत प्रदान गरेका थिए ।
भाइटीका लगाइसकेपछि पर्यटकहरुले बालिकाहरुलाई दक्षिणा दिएका थिए । त्यसपछि पर्यटकहरुलाई सेलरोटी, अचारसहित मिठा मिठा परिकार खुवाइएको थियो । कार्यक्रममा रेन्बो चिल्डे«न होमका बालबालिकाहरुले देउसी भैलो खेलेर मनोरञ्जन प्रदान गरेका थिए । देउसी भैलोमा पर्यटकहरु रमाउँदै छमछमी नाचेका थिए ।

१९ औं संस्करणको यो भाइटीकामा पर्यटकहरु स्वतःस्फूर्त रुपमा सहभागी भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । भाईटीका लगाउन पर्यटकहरु दोहो¥याएर आउने गरेका छन्,उनले भने,‘यसले पर्यटकको आगमनमा बृद्धि र बसाई लम्ब्याउन सघाउने गरेको छ ।’ उनका अनुसार संघको आयोजनामा सामुहिक भाईटीका महोत्सव आयोजना गरिए पनि पोखराका होटलहरुमा विदेशी पर्यटकलाई छुट्टाछुट्टै भाईटीकासमेत लगाइएको छ ।
होटल संघ पोखराका पूर्व अध्यक्ष तथा बटरफ्लाई फाउण्डेसनका संस्थापक गोविन्दराज पहारीले भाईटीका महोत्सवले पर्यटकमा उत्साह र मनोरञ्जन प्रदान गर्नेगरेको बताए । पर्यटक भाईटीका लगाएर रमाउँछन्,उनले भने,‘यसले पर्यटन प्रवद्र्धनमा पनि सघाएको र आएका पर्यटकले पनि नेपाली संस्कृति बुझ्दै मनोरञ्जन लिन पाएका छन् ।’
महोत्सवमा सहभागि पर्यटकहरु आतिथ्यता र भाइटीका लगाउन पाउँदा मख्ख परे । सहभागिहरुले नेपालको सांस्कृतिक पर्व तिहार साँच्चिकै रमाइलो र आत्मिय रहेको बताए । पहिलोपटक भाईटीका लगाएकी अष्ट्रेलियाली नागरिक रुपर्टले तिहार पर्व सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण रहेको बनाइन् । उनले भनिन्,‘म यस अर्थमा भाग्यमानी छु कि मैले यहाँका दिदीबहिनीबाट आत्मियताका साथ भाईटीका लगाउन पाएँ र यसको सांस्कृतिक महत्वबारे जानकारी पाएँ ।’
लिथुनियालीले महिला पर्यटक मोनिकाले भाईटीका लगाउन पाउनु जीवनकै सबैभन्दा महत्वपूर्ण क्षण भएको बताईन् । नेपाली संस्कृति साँच्चिकै आत्मिय रहेको बताउँदै उनले भनिन्,‘यो मेरो लागि सबभन्दा स्वर्णिम क्षण हो, यो समय मेरो लागि अमूल्य छ र यसका लागि म धन्यवाद दिन चाहन्छु ।’
नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा पोखरा महानगरपालिकाको सहयोगमा भएको महोत्सवले पर्यटन प्रबद्र्धन गर्ने होटल संघको विश्वास छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







