नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् ।
ज्येष्ठ नागरिक छुट पाएर डिल्लीबजार कारागारबाट आज रायमाझी रिहा भएको कारागार प्रशासक विक्रमप्रसाद पाण्डेले जानकारी दिए । पैसठ्ठी वर्ष पूरा भएका रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार रिहा गरिएको हो । कारागार प्रशासनले रायमाझीलाई बिहान साढे ८ बजे नै परिवारको जिम्मा लगाएको छ ।एक प्रहरी अधिकारीका अनुसार आफू छुट्ने खबर सार्वजनिक भएसँगै प्रतिक्रिया लिन आउने सञ्चारकर्मीको तात्रका कारण उनले सकेसम्म बिहान नै कानुनी प्रक्रिया पूरा गरेर छोड्न कारागार प्रशासनलाई आग्रह गरेका थिए ।
सोही कारण उनलाई अफिस समयभन्दा अघि नै छाडिएको हो । सर्वोच्च अदालतले यही कात्तिक १६ गते पूर्वमन्त्री रायमाझीलाई सो छुट सुविधा दिन कारागार प्रशासनलाई पत्राचार गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







