रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसा) सम्पन्न भएको छ । महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थति टोलबाट जाउलाखेलसम्म तानेका थिए । कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंगःथाँ’ (सांस्कृतिक चोक)मा स्थानीय सुखी गंछेँ मच्छिन्द्रनाथ र याक मिसा(कन्या कुमारी) को प्रतिमूर्ति हटाइएपछि विवाद समाधान भएको बताइएको छ । रातो मछिन्द्रनाथको जात्रासँग जोडिएको उक्त स्थानमा गत मङ्सिरमा ती मूर्ति स्थापना गरिएको थियो । तन्त्र साधनामा आधारित मछिन्द्रनाथ र…
पुरा पढौ