सन्देश श्रेष्ठ
पोखरा, कात्तिक ११
कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या गरेको खुलाशा भएको छ । सँगै मदिरा पिएर घर फर्किदै गरेका उनीहरुले माछापुच्छ«े गाउँपालिका वडा नम्बर ७ धम्पुसका २२ वर्षिय राजेन्द्र पौडेलको हत्या गरेका कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
राजेन्द्र पथ प्रदर्शक ९ट्रेकिङ गाईड० हुन् । घरमा पाहुना आएका भिनाजुसँग मोवाइल माग्दा नदिएपछि खोसेर मोवाइल फुटाईदिएका उनी गाउँले साथीहरु लीलबहादुर पुन, आशिष गुरुङ, महादेव विक र मिलन विकसँग पिउन स्थानिय एक होटलमा गए । साँझ ६ बजेतिर निस्किएका उनीहरुबीच मदिरा पिउने विषयमा विवाद भएको थियो । विवाद बढ्न लागेपछि थामथुम पारेर निस्किने क्रममा राजेन्द्रले लीलबहादुरको घरमा रहेको मौरीको घारमा लात्तले हानेका थिए । त्यसपछि विवादले उग्र रुप लिएको प्रहरीको भनाई छ । विवाद बढ्दै गएपछि राजेन्द्र घरतर्फ लागे पनि तुरुन्तै घाँस काट्ने घरेलु हतियार ९आँसी० बोकेर फर्किए । त्यसपछि मिलन विकको घाँटीमा र आशिष गुरुङको खुट्टामा आँसी प्रहार गरे । जसका कारण दुबैलाई सामान्य चोट लाग्यो । त्यसपछि उनीहरु थप विवाद नगरी आ–आफ्नो घरतर्फ लागे ।
घर पुगे पनि राजेन्द्रले आँसी हान्दा पनि प्रतिकार नगरी घर फर्किएकोमा आशिषलाई चित्त बुझेन र बदला लिने सोंच आयो । त्यसपछि उनले विक्रम पुन र लीलबहादुर पुनलाई फोन गरेर बोलाएको पाइएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नवीन कार्कीले जानकारी दिए । रिसको आवेगमा आएका उनीहरुले अन्य दुई जना साथीहरु मिलन विक र महादेव विकलाईसमेत बोलाएर राजेन्द्रमाथि मरणासन्न हुनेगरी आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए । ‘राजेन्द्रलाई उनकै घरमा गएर बाहिर बोलाई बाँस, भाटा, लात्ती र मुक्का हानेर मरणासन्न हुनेगरी कुटेछन्’–उनले भने ।
उनीहरुको आक्रमणबाट घाईते भएका राजेन्द्र त्यसपछि उठ्न सकेनन् र बारीकै कान्लामा लडिरहे । राती उनकी आमाले छोरालाई बोलाउँदा पनि नउठेपछि लडिरहेकै अवस्थामा सिरकले ओढाई दिईन् र आफू सुत्न गईन् ।
भोलिपल्ट विहान करीब ८ बजेतिर उठेर हेर्दा राजेन्द्र मृत अवस्थामा भेटिएपछि स्थानियले प्रहरीलाई खबर गरेको एसपी कार्कीले बताए । लगत्तै गएको प्रहरी टोलीले हत्यामा संलग्न पाँचै जनालाई पक्राउ गरेको उनले बताए । हामीले पाँचै जनालाई नियन्त्रणमा लिएर कास्की जिल्ला अदालतमा ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं,उनले भने,‘अहिले प्रारम्भिक अनुसन्धान सकिएको छ । हत्यामा कसको कति दोष छ भन्ने कुरा पछि थाहा हुन्छ ।’ मृतकको शरिरमा निलडाम र चोटपटक लागेको प्रष्ट देखिएको उनले जानकारी दिए । साथै कपडा पनि च्यातिएर नग्न अवस्थामा शव भेटियो,उनले भने,‘शव हेर्ने वित्तिकै हत्या हो भन्ने प्रष्ट देखिन्थ्यो ।’
हत्यामा प्रयोग भएका सामानहरु बाँस, भाटा, बियरको बोतल र एउटा पानीको बोटलसमेत बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ९डिएसपी० बिरेन्द्रकुमार पासवानले जानकारी दिए । उनका अनुसार घरमा राजेन्द्र आमा र भाईसँग बस्दै आएका थिए । घटना भएको दिन घरमा भाई नभएको तथा आमा पनि मदिरा पिएर बसेकाले घटनाबारे मेसो नपाउँदा सिरक ओढाएर फर्किएको प्रारम्भिक अनुसन्धानमा पाइएको उनले बताए । ‘घटना पनि मदिराकै कारणले भएको पाईन्छ, घटनापश्चात परिवारले उद्धार नगर्नुमा पनि मदिरा नै कारक देखिन्छ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







