पोखरा । राष्ट्रिय सभा सदस्यका लागि गण्डकीमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय सभामा गण्डकीबाट हुने ३ सदस्यका लागि उनीहरुले आज मनोनयन दर्ता गरेका हुन् । गण्डकीमा सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवारी दर्ता गरेका छन् । जसमा अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा)ले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा कांग्रेस नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र समर्थकमा माओवादीकी नेतृ तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिंखडा छिन् ।…
पुरा पढौ