रास्वपा

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । सो पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा जिल्ला भेला, जिल्ला समिति गठन र प्रस्तावित नियमावली र कार्यविधिका सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी आजको बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुतगरी र आवश्यक छलफल गरिनेछ । साथै राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अद्यावधिक… पुरा पढौ

रास्वपाले महामन्त्रीबाट ढकाललाई हटायो, साधारण सदस्यता मात्र कायम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ । पार्टी केन्द्रीय समितिको आजको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उनलाई हटाएको हो । उनलाई सर्वसम्मतिबाट पदमुक्त गरिएका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । उनको साधारण सदस्यता मात्र कायम गरिएको छ । पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले ढकाललाई केन्द्रीय समितिको निर्णयप्रति असहमत भएमा पुनरावेदन गर्नसक्ने निर्णय गरेको छ । रास्वपाले पुनरावलोकन समिति सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा गठन गरेको… पुरा पढौ