शिवशिखर सहकारीले बेनीका बचतकर्ताकाे चार करोड ६१ लाख बचत फिर्ता भएन
यहाँस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ । ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो । बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी सात महिनादेखि बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी सङ्कलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत शिवशिखर सहकारीविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले…
पुरा पढौ
सहकारी ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष शर्मा पक्राउ
सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए । अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न स्थानबाट लुकीछिपी बसिरहेका थिए । शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले…
पुरा पढौ