संविधान दिवस

संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट राजनीतिक तहमा देखिएका अस्थिरताको सम्बोधन गर्न सकिने बताएका छन । संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले संसद्मा रहेको सबै राजनीतिक दलको सहमतिबाट संविधान संशोधन अघि बढाइने विश्वास दिलाए । “संशोधन प्रक्रियामा संसद्को गणितीय सङ्ख्या मात्रै हेर्ने छैनौँ, सरकारमा रहेका पार्टीहरुको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ”, प्रधानमन्त्री ओलीले भने, “संविधानलाई समयानुकूल बनाउनुपर्छ, समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान… पुरा पढौ

संविधान दिवस: आजको दिन ऐतिहासिक महत्वको-उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले संविधान दिवस, २०८० को अवसरमा देश तथा विदेशमा रहेका समस्त आमाबुवा, दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेकि छिन । संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले संविधानसभाबाट जनताका प्रतिनिधिले संविधान जारी गरेको आजको यस ऐतिहासिक दिनमा परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका गौरवपूर्ण जनक्रान्ति र जनआन्दोलनमा सहादत प्राप्त गर्ने सहिदप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरिन । “जनआन्दोलनका क्रममा घाइते भई अपाङ्गता भएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उनिहरूको योगदानको… पुरा पढौ