नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम स्थगित गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवम् पूर्वसामान्य प्रशासन मन्त्री केशबकुमार बुढाथोकीको निधन भएकाले अभियान स्थगित गरेको जानकारी दिए । पूर्वमन्त्री बुढाथोकीको माघ २२ गते विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । कांग्रेसले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका स्वर्गीय बुढाथोकीप्रति उच्च सम्मान प्रकट गर्दै पूर्वनिर्धारित माघ १३–२६ सम्मको ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम केन्द्रबाट अर्को सूचना प्रकाशित…
पुरा पढौ