सुकिला नोट

दशैंका लागि सुकिला नोट यही भदौ २९ गतेदेखि साटिने

दशैंका लागि सुकिला नोट यही भदौ २९ गतेदेखि साट्न पाइनेछ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघरसंस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ । यस वर्ष विजयादशमी असोजको १६ गते परेको छ । घटस्थापना ६ गते परेको छ भने फूलपाती १३ गते छ । पुरा पढौ

असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिने जनाएको छ । यो वर्ष नयाँ नोट भने नसाट्ने राष्ट्र बैंकले निर्णय गरिसकेको छ । सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १०० दरको एक… पुरा पढौ