तपस्वी रामबहादुर बम्जन

पक्राउ परेका तपस्वी रामबहादुर बम्जन सार्वजनिक

तपस्वी रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले उनलाई सार्वनिक गरेको हो । उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ । सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी छ । मंगलबार पक्राउ परेका बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख भन्दाबढि रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सीआईबीले बताएको छ। पुरा पढौ