तमु साँस्कृतिक प्रतिष्ठान नेपाल

तमु साँस्कृतिक प्रतिष्ठानको साधारणसभा सम्पन्न

रानीपौवामा अवस्थित शैक्षिक क्षेत्रमा कार्य गर्दै आइरहेको सामाजिक संस्था तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २४ औं बार्षिक साधारणसभा यही भदौ १४ गते, आइतबार पोखरामा सम्पन्न भएको छ । संस्थाका संस्थापक सदस्य एवम् सल्लाहकार, विभिन्न संङ्घ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका अग्रज व्यक्तित्व डमर तमुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तमुले संस्थालाई यहाँसम्म ल्याइपुर्याएका पूर्व अध्यक्षहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थालाई आवस्यक परेको जुनसुकै बेला सहयोग गर्न आफू सधैं तम्तयार रहेको कुरा व्यक्त गरे । कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष हुम… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा पाँच केन्द्रमा छात्रवृत्ति छनौट परीक्षा

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणू कार्यक्रमका लागि पाँच केन्द्रमा सात जिल्लाका लागि छनौट परीक्षा सम्पन्न भएको छ । यही जेठ १५ गते, मंगलबार तनहुँ, लमजुङ र गोर्खामा तथा १९ गते, शनिबार चितवन र नवलपरासीमा परीक्षा संचालन गरिएको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा प्रथम उपाध्यक्ष एवम् यस परीक्षाका संयोजक श्रीजङ तमु, कोषाध्यक्ष श्याम तमु, सहकोषाध्यक्ष ओम तमु र विद्यार्थी समितिका कोषाध्यक्ष एलिना तमुले लमजुङ जिल्लाको छनौट परीक्षा संचालनार्थ खटिएका थिए ।… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको वार्षिकोत्सब तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व कृषि मन्त्री माननीय वेदबहादुर तमु (श्याम) ले सामाजिक संस्थाहरु मध्ये प्रतिष्ठान एक उत्कृष्ट संस्था रहेको व्यक्त गर्दै संस्थाले गरेको कार्यमा गर्व गरेको कुरा प्रकट गरे । करिब ३०० जनाको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा छ जना स्रष्टाहरुलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुमा स्व. पार्वता तमु स्मृति पत्रकारिता पुरस्कारू द्वारा वरिष्ठ पत्रकार,… पुरा पढौ