नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ । मङ्गलबार दिउँसो खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो । ठूलो पहिरो गएपछि हिजो दिउँसोबाट उक्त सडकखण्ड अवरुद्ध छ । सडकमा थुप्रिएको पहिरोको परिमाण १२ देखि १४ हजार घनमिटर रहेको अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । लामिछानेले पहिरोको तस्बिर हेर्दामाथिबाट अरु थप…
पुरा पढौ