स्याङ्जा

स्याङ्जामा बाख्राको दूधबाट चीज उत्पादन

स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन् । दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थालेका उनले दुई सातादेखि चीज उत्पादन सुरु गरेका हुन् । गुरुङले दैनिक पाँच लिटर दूधबाट चीज बनाउँदै आएका छन्। उनको फार्ममा २७ माउ तथा २३ पाठापाठी गरी हाल ५० बाख्रा रहेका छन् । सत्ताइस माउमध्ये अहिले १० वटाले दूध दिन्छन् । भैँसी तथा गाईको दूधबाट चीज बनाइरहेका बेला गुरुङले स्याङ्जामा नै पहिलो पटक बाख्राको दूधबाट चीज उत्पादन… पुरा पढौ