कांग्रेस सभापति गगन थापा दोस्रो पटक पोखरा आउँदै


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०८३ मा प्रकाशित




नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा पोखरा आउने भएका छन्।

१ सय १३ औँ वीपी जयन्तीका अवसरमा पोखरामा आयोजना गरिने सम्मान कार्यक्रममा सहभागी हुन उनी पोखरा आउन लागेका हुन् । १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भए पछि उनको यो पोखरा आगमन दोस्रो पटक हो । यसअघि कांग्रेस नेता प्रकाश गुरुङको स्मृति सभामा सहभागी भएका थिए । वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेश, पोखराले यही कार्तिक १० गते आयोजना गर्ने कार्यक्रमलाई सभापति थापाले सम्बोधन समेत गर्ने पुस्तकालयका अध्यक्ष माधवप्रसाद बास्तोला मधुले जानकारी दिए।

उनका अनुसार बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा कांग्रेसमा रहेर विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिने छ।गण्डकी प्रदेशका ११ जिल्लाबाट १-१ जना गरी ११ जनालाई सम्मान गरिने छ । सो कार्यक्रमको लागि तयारी सुरु गरिएको समेत पुस्तकालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।