१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज अधिकारीसहितको समूहले पोखरामा भारतीय टायल्स तथा मार्बल ब्रान्ड निट्कोको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–५ स्थित जिरो किलोमिटर नजिक पोखरा–बाग्लुङ राजमार्गमा सञ्चालनमा आएको उक्त शोरुम करिब ४ करोड ५० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको हो। शोरुम सञ्चालनमा ल्याउने संस्था ओमलक्ष्मी ट्रेडिङका सञ्चालक मनोज अधिकारीका अनुसार आफूहरू विगत ११ वर्षदेखि निर्माण सामग्री व्यवसायमा आबद्ध रहेका छन्। अधिकारीसँगै एकनारायण सुबेदी र डिल्लीराम पौडेलको साझेदारीमा सञ्चालित ओमलक्ष्मी ट्रेडिङले निट्कोको आधिकारिक…
पुरा पढौ