पोखरा ।कास्की २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले देशको समृद्धि र समतामूलक समाजका लागि कोही नेपाली भूमिहीन हुन नहुने बताएका छन् । भूमिको उचित योजना र उपयोगबिना विकास असम्भव हुने उनले बताए । माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि काम जारी रहेको बताए । उनले अहिले सेतो पूर्जा दिइएको जनाउँदै चाडै लालपुर्जा वितरण हुने बताए । उनले भने, ‘गरिब, सिमान्तकृतका बस्तीमा विकासका पूर्वाधार निर्माण र मानव विकास लागि हामी योजनावद्ध प्रयास गर्छौं…
पुरा पढौ