नेपाल प्रहरी

‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’ : नेपाल प्रहरी

नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गर्नुभएको छ । उनले भने, “पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ… पुरा पढौ

तिहारमा मुलुकभर आपराधिक घटना सामान्य: नेपाल प्रहरी

नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन् । “समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो । छिठफुट घटना भए पनि विगतका जस्तो ठूलो ‘ग्याङ फाइट’ भएको छैन । सडक दुर्घटना चाँही केही बढेको अनुमान गरिएको छ, केही दिनभित्रै त्यसको यकिन तथ्याङक सार्वजनिक गरिनेछ”, उनले भने । तिहारको समयमा देशभर सडक दुर्घटना बढेको… पुरा पढौ

नेपाल प्रहरीका ९५ जना डिएसपीहरुको एकै पटक सरुवा (सूचीसहित)

पोखरा । नेपाल प्रहरीका ९५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको सरुवा भएको छ । गृहमन्त्रालयको प्रहरी प्रधान कार्यालय मानवस्रोत एव प्रशासन विभागले आज एक सूचना जारी गर्र्दै कास्कीका सहित ९५ जना डिएसपीहरुको सरुवा गरेको हो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी)सुवास हमाल जिल्ला प्रहरी कार्यालय मुगुमा सरुवा भएको छ । हमालको ठाउँमा बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडा मकवानपुरको अन्वेषण योजना शाखामा कार्यरत सुन्दर तिवारी आउने भएका छन् ।यस्तै, जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी यूवराज तिमिल्सिनाको… पुरा पढौ