हमासद्वारा २० जीवित बन्धकको नाम सार्वजनिक, विपिन जोशीको नाम छैन


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०८२ मा प्रकाशित




हमासले आज रिहा गरिने २० जना जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

सैन्य शाखाको सूचीमा ती २० जना बन्धक समावेश छन्,जसको नामावली पहिले नै वार्ताको एक भागका रूपमा इजरायललाई दिइएको थियो।प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालका विपिन जोशीको नाम छैन ।द टाइम्स अफ इजरायलका अनुसार समूहमा अपहरण गरिएका सिपाही तामिर निम्रोदीको पनि नाम नभएको बताईएको छ । इजरायल र हमासबीच भएको सम्झौताअनुसार आज सोमबार त्यहाँको समय दिउँसो १२ बजे अर्थात् यहाँको दिउँसो २स्४५ बजेसम्म सबै बन्धक रिहा गरिनुपर्नेछ।

पहिलो बन्धकलाई १५ मिनेट भन्दा कम समयमा रिहा गरिने एक इजरायली सुरक्षा अधिकारीले पुष्टि गरेका छन् । हमासले दुई वर्ष अघि कब्जामा लिएका मध्य बाँकीबन्धक हस्तान्तरणका लागि चार चरणको प्रक्रिया तयार गरिएको छ, जसमा रेडक्रसको हस्तान्तरण, सैन्य आधारमा पुर्याइने, पारिवारिक भेटघाट र अस्पताल लगिनेछ। तत्काल चिकित्सकीय आवश्यकता परेका बन्धकहरूलाई सिधै अस्पतालमा पुर्याइनेछ।

यसैबिचअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजा युद्ध’ अन्त्य भएको घोषणा गर्दै बन्धकहरु रिहाइ हुन लाग्दा इजरायल तर्फ प्रस्थान गरेका छन्। ट्रम्पले इजरायलको संसदमा सम्बोधन गर्ने र प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तथा बन्धकका परिवारहरूसँग भेट्ने योजना बनाएका छन्।इजरायली राष्ट्रपति आइज्याक हर्जोगले अमेरिकी राष्ट्रपति ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने बताईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।