समाचार

पुनर्निर्माण र नयाँ निर्वाचनका लागि सहयोग गर्न मित्रराष्ट्रलाई अध्यक्ष दाहालको आग्रह

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । जेनेभामा जारी अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुनका लागि जेनेभामा रहेका उनले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।महासभामा सहभागी हुन पुगेका संयुक्त अधिराज्य ९बेलायत०, जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधिमण्डलसँग आज छुट्टाछुट्टै भेटवार्ता भएको अध्यक्ष दाहालका प्रेस विज्ञ दिल्ली मल्लले जानकारी दिए । आइपियूको एसिया प्यासिफिक ग्रुपको अध्यक्षसमेत रहेका चिनियाँ नेता छुइजीङ टिएन नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधिमण्डल, फाबिन हमिलटोन नेतृत्वको बेलायती संसदीय प्रतिनिधिमण्डल… पुरा पढौ

जलेको घर हेर्न ओली बालकोटमा,घर मर्मत नगर्ने,गुण्डुमा ‘ओली कुटी’ बन्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते जेनजी प्रर्दशनका नाममा जलाएर ध्वस्त पारिएको भक्तपुरको बालकोटस्थित घरको अवलोकन गरेका छन् । उनी गत भदौ २४ गते बालकोटका दुवै घर जलाइएपछि पहिलो पटक अवकलोकनमा पुगेका हुन् । आफूहरूले सरकारको नाममा दिइसकेको घरसहितको सार्वजनिक सम्पत्ति जलाइएको भन्दै ओलीले त्यसक्रममा रोष प्रकट गरे ।घर अवलोकनपछि ओलीले बालकोटमा रहेका आफ्ना सामान लुटिएको र लैजान नमिल्ने सामानमा आगो लगाइएको बताए ।पत्नी राधिका शाक्यसहित पुगेका उनले सुशीला कार्की नेतृत्वको सरकार अपराधीलाई जोगाउन लागिरहेको बताए… पुरा पढौ

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः संयोजक दाहाल

नेकपा माओवादी केन्द्रका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै संयोजक दाहालले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए । सरकारले मङ्गलबार राजनीतिक दलहरूसँग गरेको वार्ताले सरकार विस्तारै निर्वाचनप्रति गम्भीर हुँदै गएको आभास दिए पनि अझै निर्वाचनको वातावरण बनि नसकेको उनको भनाइ थियो । अध्यक्ष दाहालले अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचनमै केन्द्रित हुनुपर्नेमा जोड दिए । वामपन्थी एकता र ध्रुवीकरणबारे बोल्दै संयोजक दाहालले समाजवादी मोर्चामा रहेका… पुरा पढौ

तिहार सुरु भएसँगै साढे ४४ हजार व्यक्ति काठमाडौँबाट बाहिरिए

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै आएका धेरैजसो नागरिक अहिले आफ्नो जन्मथलो फर्किन थालेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तिहारको चहलपहल सुरु भएसँगै उपत्यकाका मुख्य नाकामा यात्रु बाहिरिने क्रम बढेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, “तिहार सुरु भएसँगै काठमाडौँका विभिन्न नाकाबाट ४४ हजार ५०९ जनाले उपत्यका छाडेका छन्… पुरा पढौ

अन्नपूर्ण प्रथमको आधार शिविरको यात्रामा अपाङ्गता भएका व्यक्ति

अपाङ्गता भएका व्यक्तिहरुले अन्नपूर्ण प्रथम आधार शिविरसम्मको पदयात्रा सुरु गरेका छन् । नेपालका विभिन्न प्रदेश र जिल्लाबाट छ प्रकारका अपाङ्गता भएका व्यक्तिले आजदेखि पदयात्रा सुरु गरेका हुन् । शारीरिक अपाङ्गता भएका चोमु शेर्पा खुसी, इश्वर बास्तोला, विशाल भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, अल्बिनो अपाङ्गता विशाल विक, दृष्टि सम्बन्धी दृष्टिविहिनता अपाङ्गता भीम गुरुङ, सुनुवाइ सम्बन्धी बहिरा वासु थकाली र सहयोगीको रुपमा बन्दना राई सम्मिलित टोली अन्नपूर्ण प्रथम आधार शिविरको पैदलयात्रामा निस्किएको हो । अपाङ्गतामैत्री नीति र भौतिक संरचना पर्यटन क्षेत्रमा समावेशीता… पुरा पढौ

नेपाल संवत ११४६ को स्वागतार्थ पोखरामा निकालियो बृहत भिन्तुना र्याली

सन्देश श्रेष्ठपोखरा, कात्तिक ५ नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४६ को स्वागतार्थ पोखरामा बृहत भिन्तुना ¥याली निकालिएको छ । नेवा खलः कास्कीको आह्वान तथा शितलादेवी नेवाः पुच, पोखरा–१२ र सिसुवा नेवाः खल, पोखरा–३० को संयुक्त आयोजनामा बुधबार पोखरामा न्हुँ दया भिन्तुना ¥याली निकालिएको हो । ¥याली अघि पोखरा–३ नारायणस्थान मन्दिर नजिकै रहेको बिरेन्द्र स्मृति पार्क भित्र रहेको राष्ट्रिय विभूती शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरिएको थियो । नेपालीको महान पर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पुजाको दिनदेखी… पुरा पढौ

पटका नियन्त्रणमा कास्की प्रहरीको सक्रियता

शिशिर उजाडपोखरा पोखरा क्षेत्रमा पटका नियन्त्रणका लागि कास्की प्रहरीले सक्रियता देखाएको छ । तिहार पर्वमा पटका र पटकाजन्य पदार्थ नपड्काउन प्रशासनले उर्दी जारी गरेपनि त्यसलाई अवज्ञा गर्दै बिभिन्न ठाउँमा पट्का पड्काउने कार्य भैरहेको छ । सो कार्य बढेर जनगुनासो आए पछि कास्की प्रहरीले सक्रियता देखाएको हो । प्रहरीले पोखराका बिभिन्न स्थानबाट पटका बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरीबहादुर बस्नेतले बताए । प्रहरीले खुर्सानी पट्का १५ प्याकेट, आलु पट्का २५ थान,स्काई सर्ट पट्का १ थान, हेलेन सर्ट… पुरा पढौ

पोखरामा जुवातास खेल्ने थप ७ जना पक्राउ

पोखरामा जुवातास खेल्ने थप ७ जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बगरबाट खट्टिएको प्रहरीे टोलीले पोखरा १६ माथिल्लो दिपबाट तास खेलिरहेका ७ जनालाई पक्राउ गरेको हो। जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले ७ जनालाई पक्राउ गर्नुका साथै ४ बुक तास र २ लाख ९५ हजार ६७५ रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेका सबैलाई जुवातास मुद्दामा अनुसन्धान भैरहेका कास्की प्रहरीका सुचना अधिकारी डिएसपि हरिबहादुर बस्नेतले जानकारी दिए । हिजो मात्रै कास्की प्रहरीले पोखराका तीन ठाउँबाट २०… पुरा पढौ

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ,नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक होः प्रधानमन्त्री कार्की

नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए । नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ… पुरा पढौ

साहित्यकार पौडेलद्वारा लिखित ‘१४ वर्ष घान्द्रुक’ स्मृतिग्रन्थ पोखरामा लोकार्पण

शिशिर उजाडपोखरा साहित्यकार तोयनाथ पौडेलद्वारा लिखित ‘१४ वर्ष घान्द्रुक’ नामक स्मृतिग्रन्थको पोखरामा लोकार्पण गरिएको छ । घान्द्रुक समाज युके, घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज जापानको संयुक्त प्रकाशनमा तयार गरिएको यो ग्रन्थ घान्द्रुकमा लेखकले बिताएका जीवनका महत्वपूर्ण १४ वर्षको जीवित दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ ।पुस्तकको गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, अन्नपूर्ण गाउँपालिका वडा नं। १० का अध्यक्ष गौतम गुरुङ, संरक्षणविद् डा। हुम गुरुङ, मेश्रम वराह माविका सहायक प्रधानाध्यापक सुभ गुरुङ, पूर्व वडाध्यक्ष कुमार गुरुङ, शिक्षसेवी कृष्ण पौडेल, लेखकका धर्मपत्नी… पुरा पढौ