पोखरा । पोखरा–२२ शान्तिस्तुप नजिकै दुई सवारी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
विहिबार दिउँसो छोरेपाटनबाट पुम्दीकोटतर्फ जाँदै गरेको ग १ ख ३२८७ नम्वरको नगर बस र विपरित दिशाबाट आउँदै गरेको ग २३ प ३६८६ नम्वर को स्कुटर एक आपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । मृतक र घाइते बुवा–छोरा हुन् ।
मृत्यु हुनेमा पोखरा–२५ स्थायी घर भई हाल पोखरा–५ पस्र्याङ बस्दै आएका ४६ वर्षिय तुलसीप्रसाद त्रिपाठीको रहेका छन् । उनका छोरा २२ वर्षिय शिशिर त्रिपाठी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटना लगत्तै दुवैलाई अस्पताल लगिएपनि तुलसीप्रसादलाई ३ ः १५ बजे पश्चिमाञ्चल क्षेत्रिय अस्पतालले मृत घोषणा गरेको थियो । घाइते शिशिरको गण्डकी मेडिकल कलेज नयाँ बजारमा उपचार भइरहेको छ ।
बस र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।