कालिका माविको शिक्षक अभिभावक सङ्घमा डिबी


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८२ मा प्रकाशित




पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको शिक्षक अभिभावक सङ्घको अध्यक्षमा धनबहादुर विश्वकर्मा ९डिबी० सर्वसम्मत चयन भएका छन् ।

मङ्गलवार विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट सङ्घका सदस्यहरूमा गोपाल मुरी मगर, हुमबहादुर थापा, सपना राजबाहक, यशोदा विश्वकर्मा, रामु गुरुङ, बेलबहादुर केसी र सोमबहादुर श्रेष्ठ चयन भएका छन् । सङ्घको शिक्षक प्रतिनिधिमा लक्ष्मी गिरी तथा पदेन सदस्यहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र प्रधानाध्यापक रुपिन्द्र प्रभावी रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डिबी विश्वकर्माले विद्यालयको हितका लागि आफूले सकेसम्म प्रयास गर्ने प्रतिबद्धता जनाए । विद्यार्थीको सङ्ख्याभन्दा गुणात्मक विकासलाई महत्त्व दिनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ थियो । कार्यक्रममा विद्यालयका शिक्षकहरूका तर्फबाट सहायक प्रधानाध्यापक बालकुमारी थापा, पूर्व विद्यार्थी मञ्चका उपाध्यक्ष तथा सल्लाहकार हेमबहादुर थापा ‘किरण’ ले शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावीले सहजीकरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।