पर्यटक लुट्न खोज्ने २ जना कास्की प्रहरीको नियन्त्रणमा


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०८२ मा प्रकाशित




पोखरा घुम्न आएका पर्यटकलाई लुट्न खोज्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखरा घुम्न आएका जर्मन पर्यटक एन्स पिटर नार्जिनलाई आईतबार पोखराको अनँदुमा हतियार देखाएर लुट्न खोज्ने २ जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा तनँहुको व्यास घर भई पोखरा बस्ने बिशाल दर्लामी र पोखरा ९ कृष्णटोलका नविन विक रहेका छन् । उनीहरुलाई अनँदुबाट नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।पक्राउ परेका दुवै जनालाई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

६६ वर्षका पिटर २ महिना अघि घुम्नका लागि पोखरा आएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।