
पोखराका विभिन्न ठाउँबाट जुवातास खेल्ने र खेलाउने २० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खट्टिएको प्रहरीे टोलीले नयाँबजार, लम्पीबोट र मोहोरियाटोलबाट उनीहरूलाई पक्राउ गरेको हो। जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरील ती ठाउँमा छापा मारेको थियो । पोखरा ९ नयाँबजारबाट ५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट २ सय १२ पत्ती तास र २ लाख ५९ हजार ४५५ रुपैयाँ नगद बरामद गरेको छ । यस्तै, पोखरा २६ विजयपुरको लम्पीबोट सामुदायिक जंगलबाट ७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १४ थान कौडा र ७७ हजार २ सय ०५ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै,पोखरा २ मोहोरियाटोलबाट थप ८ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ६ बुक तास र २ लाख ७३ हजार ४४५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जुवातास मुद्दामा अनुसन्धान भैरहेको बस्नेतले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।