
सुशील देवकोटा
म
म पागल
हो, म पागल भएँ,
तर यो मूर्खता होइन,
चेतनाको ज्वार हो,
देशको छातीमाथि दौडिएको यो कालो छायाँ,
त्यही छायाँ भित्रको सत्य हो,
जसले मलाई जलायो।
जसले मलाई पागल बनायो।
आफ्नै माटोको मोह त्यागेर क्षितिज पारि दौडिनेहरूको लर्को,
के त्यो यात्रा होरु
होइन, यो त उडेर गएको भविष्य हो।
ती भिसाका कागजहरू होइनन्, ती त टुटेका विश्वास हुन्।
हातमा सीप, मुटुमा सपना,
तर
तर पाइला पराई भूमिमा,
म पागल
किनकि
मैले देखें उज्यालोले अँध्यारो छाडेको।
मैले देखें नेपालीले नेपाल छाडेको
गाउंघर हेर
गाउँघरको मौनता हेर।।।
त्यो मौनता होइन, त्यो त रोदन हो।
रित्ता आँगनहरूमा नाचेको पुस्तौँको विरह हो
खेतबारी,
जहाँ सुन फल्थ्यो, आज बाँझा छन्।
माटोले भन्दैछस्
मलाई पसिनाको स्पर्श चाहिएको छ,
मेहनतको आशीर्वाद बिना म कसरी फलूँरुू
म पागल
किनकि मैले सुनें माटोको मौन क्रन्दन।
दोष कस्कोरुरु
ती सिंहासनमा बसेकाहरू
नेता होइनन्,
ती त देशको आत्मा बेच्ने सौदागर हुन्।
उनका हरेक बोलीमा झूटको लेप लागेको छ,
उनका हरेक निर्णयमा भ्रष्टाचारको गन्ध छ।
म पागल
किनकि मैले देखें न्यायको मूर्तिमा लागेको खिया,
हो, म पागल
तर मेरो पागलपन
मेरो दर्शन हो।
यो मेरो असहमतिको घोषणापत्र हो।
यो आँधी हो,
जसले निदाएको विवेक लाई बिउँझाउँछ।
यो देश प्रेमको त्यो अग्नि हो, जुन निभाउन सकिन्न।
म पागल,
क्रान्तीको अग्नीले ,म पागल देशप्रेमको अग्नीले ।
पोखरा १६, बाटुलेचौर
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।