पोखरामा जुवातास खेल्ने थप ७ जना पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०८२ मा प्रकाशित




पोखरामा जुवातास खेल्ने थप ७ जना पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय बगरबाट खट्टिएको प्रहरीे टोलीले पोखरा १६ माथिल्लो दिपबाट तास खेलिरहेका ७ जनालाई पक्राउ गरेको हो। जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले ७ जनालाई पक्राउ गर्नुका साथै ४ बुक तास र २ लाख ९५ हजार ६७५ रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेका सबैलाई जुवातास मुद्दामा अनुसन्धान भैरहेका कास्की प्रहरीका सुचना अधिकारी डिएसपि हरिबहादुर बस्नेतले जानकारी दिए । हिजो मात्रै कास्की प्रहरीले पोखराका तीन ठाउँबाट २० जनालाई पक्राउ गरेको थियो ।

प्रहरी टोलीले नयाँबजार, लम्पीबोट र मोहोरियाटोलबाट उनीहरूलाई पक्राउ गरेको थियोे। योसँगै तिहार लागेपछि मात्रै कास्की प्रहरीले २७ जनालाई पक्राउ गरिसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।