पटका नियन्त्रणमा कास्की प्रहरीको सक्रियता


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०८२ मा प्रकाशित




शिशिर उजाड
पोखरा

पोखरा क्षेत्रमा पटका नियन्त्रणका लागि कास्की प्रहरीले सक्रियता देखाएको छ ।

तिहार पर्वमा पटका र पटकाजन्य पदार्थ नपड्काउन प्रशासनले उर्दी जारी गरेपनि त्यसलाई अवज्ञा गर्दै बिभिन्न ठाउँमा पट्का पड्काउने कार्य भैरहेको छ । सो कार्य बढेर जनगुनासो आए पछि कास्की प्रहरीले सक्रियता देखाएको हो । प्रहरीले पोखराका बिभिन्न स्थानबाट पटका बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरीबहादुर बस्नेतले बताए । प्रहरीले खुर्सानी पट्का १५ प्याकेट, आलु पट्का २५ थान,स्काई सर्ट पट्का १ थान, हेलेन सर्ट १ प्याकेट, १२ स्टार पट्का २ प्याकेट ,रकेट पट्का २० पिस थान र मिनी बुलेट पट्का ६० थान नियन्त्रणमा लिएको डिएसपी बस्नेतले जानकारी दिए ।

उनीहरुलाई यस्ता सामाग्री आयात गरी बेचविखन नगर्न सचेत समेत गराईएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।