नेपाल संवत ११४६ को स्वागतार्थ पोखरामा निकालियो बृहत भिन्तुना र्याली


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, कात्तिक ५

नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४६ को स्वागतार्थ पोखरामा बृहत भिन्तुना ¥याली निकालिएको छ । नेवा खलः कास्कीको आह्वान तथा शितलादेवी नेवाः पुच, पोखरा–१२ र सिसुवा नेवाः खल, पोखरा–३० को संयुक्त आयोजनामा बुधबार पोखरामा न्हुँ दया भिन्तुना ¥याली निकालिएको हो । ¥याली अघि पोखरा–३ नारायणस्थान मन्दिर नजिकै रहेको बिरेन्द्र स्मृति पार्क भित्र रहेको राष्ट्रिय विभूती शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

नेपालीको महान पर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पुजाको दिनदेखी नेपाल सम्वत (नयाँ बर्ष) प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक बर्ष पोखरामा भिन्तुना ¥याली निकालिन्छ । यसैको निरन्तरता स्वरुप यस वर्षपनि ¥याली निकालिएको हो । ¥यालीमा झाँकीसहित विभिन्न जाति जनजातिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

¥यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर, प्लेकार्ड तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको फोटो राखेको प्लेकार्ड बोकेका थिए । कार्यक्रममा नेवार समुदायका पुरुषले दौरा सुरुवाल (कोथ्य लः) र महिलाले हाकुपटासी लगाएका थिए । पोखरामा नेवारी भेषभुषा लगाएर कार्यक्रममा सहभागी भएको बिरलै मात्र देख्न सकिन्छ । जुन बुधबारको भिन्तुना ¥यालीमा देखियो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने नेवारी संस्कृति झल्कने लाखे तथा लाठी नाचसहित मुरली बजाउँदै सहभागी भएका थिए । आफ्नो मौलिक पहिचान झल्काउँदै संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल सम्वतको अवसरमा नेवारी संस्कृति प्रदर्शन गरिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए ।

¥यालीमा नेवारबाहेक जलारी, गुरुङ, मगर, थकाली, तामाङ, ह्योल्मो, क्षेत्री, ब्राह्मणलगायतका जातीय संघसंस्थाहरुको संस्थागत सहभागीता थियो ।

पोखराको शितलादेवीबाट शुरु भएको ¥याली रानीपौवा, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, भीमसेनटोलहुँदै नेवा छेँ भवनमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत भएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीस कल्याण श्रेष्ठले नेवार जाती मात्र नभई सभ्यता भएको बताए । तर पछिल्लो क्रममा नेवारले आफ्नो भाषा, संस्कृति छाड्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले भने,‘भाषा, संस्कृति पहिचान हो, त्यसैले नेवारी भाषा बोल्न, संस्कृति मान्न र भेषभूषा लगाउन कसैले पनि हिच्किचाउनु हुन्न ।’ उनले संस्कार, संस्कृति, भाषा र भेषभूषा संरक्षणमा सबैको योगदान आवश्यक रहेको बताए । उनले नेवार सम्वत राष्ट्रिय सम्वत भएकाले यसको प्रयोगमा राज्यले जोड गर्नुपर्ने बताए ।

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेपाल सम्वत मौलिक र साझा सम्वत भएकाले यसलाई दैनिक कामकाजमा प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले भाषा, संस्कृति सबैले गर्वका साथ प्रयोग र संरक्षण गर्नुपर्ने बताए ।

यसैबीच, नेवाः खल कास्कीले स्थापना गरेको पोखरा नेवा रत्न सम्मान यस वर्ष भैरव सांस्कृतिक समितिलाई प्रदान गरिएको छ । बरिष्ठ संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, संगीता बज्राचार्य, सुविन्द्र श्रेष्ठ र श्रीकृष्ण कतिला रहेको छनौट समितिले गरेको सिफारिसका आधारमा नेवा खल कास्कीले पहिलो पटक भैरव सांस्कृतिक संरक्षण समितिलाई नेवा रत्न सम्मान प्रदान गरेको हो । नेवारी संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिएको व्यक्ति वा संस्थालाई प्रदान गरिने यो पुरस्कारको राशी नगद एक लाख र ताम्रपत्र छ । त्यस्तै, नेवाः खल कास्कीले हरेक दुई÷दुई वर्षमा प्रदान गर्नेगरी अन्र्तराष्ट्रिय नेवा रत्न सम्मान पनि घोषणा गरेको छ ।

न्हुँ दयाः भिन्तुना ¥यालीको अवसरमा आयोजित झाँकी प्रतियोगितामा रुपा देउराली नेवा खल प्रथम भएको छ । प्रतियोगितामा फेदी नेवा खल कास्की द्वितीय, कुँडहर नेवाः खल पोखरा तृतीय र नेपाल राष्ट्रिय खड्की समाज तृतीय भए । बिजेताहरुलाई मल्ल ईम्पोरियमको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

नेपाल सम्वतको प्रचलन राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् । साख्वाले तत्कालिन नेपाल भनेर चिनिने काठमाडौ, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल सम्वत चलाएका हुन् । सरकारले नेपाल सम्वतका प्रवर्तक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएको मौलिक सम्वत हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।