
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते जेनजी प्रर्दशनका नाममा जलाएर ध्वस्त पारिएको भक्तपुरको बालकोटस्थित घरको अवलोकन गरेका छन् ।
उनी गत भदौ २४ गते बालकोटका दुवै घर जलाइएपछि पहिलो पटक अवकलोकनमा पुगेका हुन् । आफूहरूले सरकारको नाममा दिइसकेको घरसहितको सार्वजनिक सम्पत्ति जलाइएको भन्दै ओलीले त्यसक्रममा रोष प्रकट गरे ।घर अवलोकनपछि ओलीले बालकोटमा रहेका आफ्ना सामान लुटिएको र लैजान नमिल्ने सामानमा आगो लगाइएको बताए ।पत्नी राधिका शाक्यसहित पुगेका उनले सुशीला कार्की नेतृत्वको सरकार अपराधीलाई जोगाउन लागिरहेको बताए । उक्त घर हेर्न यसअघि नै राधिका एक्लै बालकोट पुगिसकेका थिइन् । उनीहरू अहिले भक्तपुरको गुन्डुमा बस्छन् ।
यसैबिच भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ बन्ने भएको छ । बालकोटमा बस्नै नमिल्ने गरी जलेको घर मर्मत नगर्ने निष्कर्षमा पुगिएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए । ओलीले आफ्नो शेखपछि सरकारका नाममा दिने घोषणा गरेको घर सरकारको सम्पत्ति रहेकाले ओलीले व्यक्तिगत खर्चमा मर्मत नगर्ने बस्नेतले जानकारी दिए ।
बस्नेतले बालकोटको घर मर्मत नगरिने बताएका हुन् । बस्नेतले बालकोटको घर राष्ट्रिय सम्पत्तिको रूपमा प्रयोग गर्न सरकारसँग आग्रह गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।