सन्देश श्रेष्ठ
पोखरा, माघ २
पोखरामा माघ तेस्रो साता ओशो मेगा क्याम्प हुने भएको छ । ओशो उपवन पोखराको आयोजनामा पोखरामा यहि माघ १७ गते शनिबार ओशो मेगा क्याम्प हुने भएको हो । पोखरा–५ प्रस्याङस्थित ताजमहल ईभेन्ट सेन्टरमा आयोजना हुने क्याम्प बोधीसत्व स्वामी आनन्द अरुणको उपस्थितिमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईयो ।
एक दिने ओशो शिविर माघ १७ गते विहान ७ बजेदेखि शुरु भई साँझ ५ः३० बजेसम्म चल्नेछ । जहाँ ओशोद्वारा प्रतिपादित योग र ध्यान सिकाईने बोधीसत्व स्वामी आनन्द अरुणले जानकारी दिए । उनका अनुसार ओशोले प्रतिपादन गरेको सयौं योग र ध्यानका तरिकाहरुमध्ये पोखराको सो मेगा क्याम्पमा पाँच÷६ वटा सिकाईनेछ । यो प्रारम्भिक योग र ध्यान गराउने शिविर हो,उनले भने,‘यहाँ पाँच÷६ वटा योग, ध्यान सिकाईन्छ । साथै विशेष सत्संग र उत्सव आयोजन गरिन्छ ।’
बोधीसत्व स्वामी आनन्द अरुणले संसार भरका मानिसहरु अहिले तनावमा रहेको बताए । तनावबाट मुक्ति दिने योग र ध्यान भएको बताउँदै उनले भने,‘शारिरिक रुपमा भन्दा पनि मानिस अहिले मानसिक रुपमा समस्यामा छन् । त्यसबाट उन्मुक्ति पाउन योग र ध्यान अत्यावश्यक छ । जुन हामी यो शिविरमा सिकाउँदैछौं ।’ तनावले जीवन नै संकटमा परिरहेको उनले बताए । यसका लागि जीवन व्यवस्थापनसँगै तनाव व्यवस्थापन जरुरी रहेको उनको भनाई थियो ।
बोधीसत्व स्वामी आनन्द अरुणले पोखरा र नेपाललाई आध्यात्मिक गन्तव्य बनाउन सकिने बताए । यहाँको भुगोल, हावापानी योग र ध्यानका लागि उपयुक्त भएकाले आध्यात्मिक गन्तव्य बन्नसक्ने उनले बताए ।
मेगा ईभेन्ट भनिए पनि सो क्याम्पमा सिमित कोटा रहेको शिविरका सहयोगी स्वामी योगानन्दले बताए । क्याम्पमा ५ सय जनाको कोटा छ,उनले भने,‘क्याम्पसमा सहभागी हुन चाहनेले अग्रिम बुकिङ गर्नुपर्ने हुन्छ ।’ उनका अनुसार क्याम्पसमा सहभागी हुन चाहनेले निश्चित शुल्क तिनुपर्नेछ । तर त्यो शुल्क योग र ध्यानको लागि नभई खाजा र खानाका लागि हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रियसभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेताहरु…






