शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध कानुनी उपचार खोज्ने भएको छ ।
आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकपछि प्रवक्ता महतले आफूहरू आइतबार सर्वोच्च जाने जानकारी दिए । “निर्वाचन आयोगले २०८२ साल माघ २ गते एकलौटी रुपमा गरेको निर्णय दुराशयपूर्ण छ, आयोगले हामीलाई बोलाएर सुन्ने काम पनि गरेन, आयोगको स्थापित नजिर र निर्वाचनसम्बन्धी व्यवस्था पालना नभएकाले आइतबार हामी सर्वोच्च अदालतमा कानुनी उपचारका लागि जान्छौँ,” प्रवक्ता महतले भने ।
आयोगले शुक्रबार कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गरिएको निर्णय अध्यावधिक गरेको थियो ।देउवा समूहले आयोगको उक्त निर्णय दूषित मनसायले प्रेरित रहेको ठहर गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रियसभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेताहरु…






