कास्की-१ मा नेकपाको उम्मेदवार राजकाजी


     एभरेस्ट आवाज    
     माघ ४ गते २०८२ मा प्रकाशित




पोखरा, माघ ४

नेपाली कम्युनिष्ट पार्टीले कास्की क्षेत्र नम्बर-१ मा राजकाजी गुरुङ (करण)लाई उम्मेदवार बनाएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि राजकाजीलाई उम्मेदवार बन्ने टिकट दिएका हुन् ।

पर्वत घर झण्डै साढे र्दुइ दशकदेखि कास्कीलाई कर्मथलो बनाएका उनी तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्व कास्की ईञ्चार्ज हुन् । पछिल्लो समय कास्की-१ मा केन्द्रीत भएर पार्टी राजनीति गर्दै आएका उनी जनताको घरदैलोमा पुगिरहन्छन् । माओवादीमा पोलिटब्यूरो सदस्यसम्म भएका उनी नेकपाका केन्द्रीय सदस्य छन् ।

प्रचण्ड सरकारको तेस्रो कार्यकालमा वर्षमान पुन अनन्त अर्थमन्त्रीहुँदा राजकाजी अर्थमन्त्रीका राजनीतिक सल्लाहकार भएका थिए । त्यतिबेला उनले कास्की-१ सहित समग्र कास्कीमा धेरै नै योजनाहरु हालेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।