पोखरा, माघ ४
नेकपा एमालेले कास्कीका ३ वटै क्षेत्रको उम्मेदवार टुंग्याएको छ । एमालेले कास्की–१ मा बैनबहादुर अधिकारी, कास्की-२ मा कृष्ण थापा र कास्की–मा दामोदर बैरागीलाई टिकट दिएको हो ।
कास्की–१ मा दीलिप न्यौपाने उम्मेदवार हुने चर्चाकाबीच बैनबहादुर अधिकारीले टिकट ल्याएका छन् । एमालेबाट टिकट पाएका बैनबहादुर एमाले कास्कीका अध्यक्ष हुन् भने जिल्ला समन्वय समिति कास्कीका निवर्तमान प्रमुख हुन् । उनी नेकपा एमालेको केन्द्रीय सचिव तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीका प्रिय पात्रमध्येका एक हुन् । २०७९ को चुनावमा कास्की-१ मा कांग्रेसका किशोरदत्त बराललाई पराजित गर्दै एमालेका मनबहादुर गुरुङ बिजयी भएका थिए ।
कास्की-२ मा रश्मी आचार्य उम्मेदवार बन्ने चर्चाकाबीच कृष्ण थापाले उम्मेदवार बन्ने टिकट पाएका छन् । एमाले कास्कीका पूर्व अध्यक्ष तथा ईञ्चार्ज थापा विद्या भण्डारीका विश्वास पात्र मानिन्छन् । यद्वपी उनी कास्कीको भुगोलमा भने खगराज अधिकारीका पनि प्रिय पात्र हुन् । २०७९ सालको स्थानिय तहको निर्वाचनमा उनी पोखराको मेयर पदमा धनराज आचार्यसँग पराजित भएका थिए । पोखराका पूर्व मेयरसमेत रहेका उनी हक्की स्वाभावका छन् । दिवंगत एमाले नेता रविन्द्र अधिकारीको यो क्षेत्रमा अघिल्लो दुई पटक उनै दिवंगत नेता अधिकारीकी धर्मपत्नी विद्या भट्टराई बिजयी भएकी थिईन् । ओली प्रधानमन्त्री भएका बेला शिक्षामन्त्री बनेकी भट्टराई ओलीको कार्यशैलीबाट वाक्क भएर पदबाट राजिनामा दिनुका साथै त्यसयता राजनीतिबाट पनि निस्कृय भएकी छन् ।
कास्की–३ मा भने दामोदर बैरागी उम्मेदवार बनेका छन् । २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी बराल जीवनलाई पराजित गर्दै विघटित प्रतिनिधि सभा सदस्य रहेका उनी यस पटक एमालेबाट उम्मेदवारका रुपमा दोहोरिएका छन् । उनीपनि खगराज अधिकारी निकट हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, माघ ४ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका…






