राष्ट्रियसभाका तीन जना सदस्यले राजीनामा दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा एमालेकी भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेका हुन् । प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका उनीहरुले आज लिखित रुपमै राजीनामा बुझाएका हुन् ।
नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लागेका छन् ।। उनीहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, माघ ४ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका…






