पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टमा आइतबारदेखि पिसिएम स्पोट्र्स मिट–२०२६ सुरु भएको छ ।
कलेजका निर्देशकद्वय प्राञ्जल कायस्थ र समीर शर्माले एक समारोहका बिच संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा कलेजका प्राचार्य लिना नेगी, वि.सी.एस. आइटी संयोजक हरि बराल, पिसिएम प्रशासक सुशान पौडेल लगायतको उपस्थित रहेको थियो । उद्घाटन समारोहमा बि.बि.ए.सातौं सेमेष्टरका छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरे । सप्ताहव्यापी खेलकुद कार्यक्रममा बास्केटबल, फुटसल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, चेस, रसाकसी, ई–गेम्स तथा अन्य रमाइला खेलहरू हुने छन् । प्रतियोगितामा बि.बि.ए, बि.बि.ए. फाइनान्स र बि.एस.सी.आइटीका ३०० विद्यार्थीहरूले १ सय १० गोल्ड तथा १सय १० सिल्भर मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् ।
उपाधि जित्ने टिमले च्याम्पियन्स ट्रफी प्राप्त गर्ने बि.बि.ए. कार्यक्रम संयोजक सरोज कुँवरले जानकारी दिए । विद्यार्थीहरुको स्वास्थ्य, भाइचारा तथा उनीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि पनि कलेजले हरेक वर्ष सप्ताहव्यापी खेलकुद महोत्सव आयोजना गर्दै आएको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, माघ ४ नेपाली कम्युनिष्ट पार्टीले कास्की क्षेत्र नम्बर–२ मा किरण थापा…






