तनिस र सृजलको भ्रमित सार्वजनिक


     एभरेस्ट आवाज    
     माघ ४ गते २०८२ मा प्रकाशित




पोखरा, माघ ४

पोखरेली कलाकार तनिस कतिला र सृजल लामिछानेको भ्रमित गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रदीप श्रेष्ठको निर्देशनमा बनेको म्यूजिक भिडियो शनिबार यूट्यूवमार्फत सार्वजनिक गरिएको हो । गीतको लेखन, कम्पोज र प्रस्तुती तनिस र सृजलको रहेको छ । अडियो लाईब्रेरी नेपालमा रेकर्ड गरिएको सो गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङ रोहित रञ्जितले गरेका छन् । रोहितले गितारमासमेत साथ दिएका छन् ।

चार वर्षअघि रेकर्डिङ गरिएको सो गीतको म्यूजिक भिडियोमा अव्यक्त प्रेम र असमञ्जस्यतालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । जसमा मोडलहरु समीर गुरुङ र प्रसन्न गुरुङले अभिनय गरेका छन् भने अतिथि अनुहारका रुपमा विश्वात्मा ताम्राकार र मुवी श्रेष्ठ रहेका छन् ।

म्यूजिक भिडियोको सिनेमाटोग्राफरमा प्रेम श्रेष्ठ र सहसिनेमाटोग्राफरमा सुशान्त विक रहेका छन् । म्यूजिक भिडियो पोखराका विभिन्न ठाउँ र कफी हाउसमा गरिएको म्यूजिक भिडियो निर्देशक प्रदीप श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।