कुमुदिनी होम्समा बृहत् स्टिम प्रदर्शनी सम्पन्न


     एभरेस्ट आवाज    
     माघ १७ गते २०८२ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं ४ मा अवस्थित कुमुदिनी माध्यमिक विद्यालयले आफ्नो वार्षिक कार्यतालिकाअनुसार सहिद दिवसको अवसर पारेर बृहत् स्टिम प्रर्दशनी सम्पन्न गरेको छ ।

कोही विद्यार्थीहरू विज्ञानका विषयवस्तु समेटिएका वस्तुहरू प्रदर्शनी र अवलोकन कर्ताहरूको जिज्ञासाका बारेमा बताउन व्यस्त देखिन्थे। कोही सामाजिक जनजीवनका बारेमा आगन्तुकहरूलाई जानकारी गराउनमै व्यस्त देखिन्थे ।कार्यक्रम विभिन्न तहगत रूपमा सञ्चालन गरिएको थियो। जसअन्तर्गत कक्षा १ देखि ४, कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूको प्रदर्शनीलाई निर्णायकहरूले प्रत्येक स्टलमा पुगेर मूल्याङ्कन गरेका थिए ।

विज्ञान बिषयअन्तर्गत श्रीकान्त सुवेदी, सन्दिप ढकाल, मनिष पौडेल र सविना बन्जरा तथा सामाजिक विषयअन्तर्गत सूर्य गुरुङ र झलक सुवेदीले निर्णायकको भूमिका निभाएका थिए। विज्ञान विषयसँग सम्बन्धित ३८४ वटा र सामाजिक विषयसँग सम्बन्धित ११५ वटा प्रोजेक्ट प्रदर्शनीमा राखिएको थियो । बिद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि उनिहरुकै इच्छा अनुसार प्रर्दशनी आयोजना गरिएको बताए । विद्यार्थीले उनीहरुले पढेको वातावरण, स्वास फेर्ने, पानी तान्ने, रोबोट, डोजर, सोलार सिस्टम, इको इनर्जि, अटोमेटिक फोहोर राख्ने डस्टबिन लगायतका धेरै विषयगत् बस्तुहरु बनाएका छन् । पढेको आधारमा उनीहरु सामुहिक र एक्लै पनि प्रदर्शनमा सरिक भएका उनले बताए ।

हामीले १ देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई बिज्ञान प्रदर्शनीमा सरिक बनाईरहँदा उनीहरुको इनोभेसनका लागि जाँच गर्ने निर्णायकहरु पनि राखेका छौं । अध्यक्ष पालिखेले भने, उत्कृष्ट सामग्री बनाउने बिद्यार्थीलाई पुरस्कृत गरिनेछ । पालिखेले विद्यालयको शिक्षा फिक्स माइन्डसेटमा चल्दैन भन्ने मेरो बिचार छ । त्यसैले पनि समय अनुसारको परिवर्तन आवश्ष्यक हुन्छ । गुणस्तरिय शिक्षाका लागि हामी कुनै सम्झौता नगरि अगाडी बढिरहेका छौं । हामीले आईसिटि चलाईरहेका छौं । थ्रिडिआई कक्षाका साथै पछिल्लो पटक विद्यार्थी र शिक्षकलाई एआईको बारेमा जानकारी दिन थालेका छौं । त्यसैले गुणस्तरिय शिक्षाका लागि हामी कहिल्यै पछि नपर्ने गरी अग्रस्थानमा रहिरहने प्रयासमा छौं ।

कार्यक्रम अवलोकनका लागि विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकको समेत उपस्थिति रहेको थियो । अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय इकाइ प्रमुख लोकनाथ आचार्य, पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेम आचार्य, गण्डकी प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव मन कुमार श्रेष्ठ, प्रदेश सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत खेम पौडेल, नेवा मिसा पुचका अध्यक्ष संगीता बज्राचार्यको विशेष उपस्थिती रहेको शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी गराए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।