फेन्सी तथा रेडिमेड व्यवसायी संघको साधारणसभा सम्पन्न


     एभरेस्ट आवाज    
     माघ १७ गते २०८२ मा प्रकाशित




फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको १८ औ साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले फेन्सी तथा रेडिमेड व्यवसायी संघ संस्थाको महत्वपुर्ण वस्तुगत समिति रहेको बताउदै, संघले व्यवसायीहरुको हितको लागी विभिन्न कार्यक्रमहरु ल्याईरहेको बताए । अध्यक्ष कार्कीले त्यस्ता मत्वपुर्ण कार्यक्रमहरुमा पनि व्यवसायीहरुले कम महत्व दिने गरेको र सहभागीता पनि कम हुने गरेकोमा दुःख व्यक्त्त गरे । कार्कीले वाणिज्य संघमा फेन्सी व्यवसायी संघका साथीहरुको राम्रो उपस्थिती रहेको बताउदै केहि समस्याहरु भएमा आफ्नो उपस्थिति नभएमा पनि उहाँहरुलाई सम्वोधन गरेर पठाउदा हुने समेत बताए ।

कार्यक्रममा पोखरा चेम्बर अफ कर्मशका अध्यक्ष उमराज बास्तोलाले फेन्सी व्यवसायीले विभिन्न रचानात्मक कामहरू गरेको बताउदै ,संगठनलाई मजवुद बनाउन सके व्यवसायीहरू पनि मजवुद हुने बताए । पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले फेन्सी तथा रेडिमेड व्यवसायी संघमा आफ्नो महत्वपुर्ण समय बिताएको बताउदै, संघको आगामी कार्यकालको लागी आफुले अध्यक्षमा उमेदवारी दिन लागेको बताए ।

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष एकनारायण पनेरू, संस्थापक अध्यक्ष कमलनाथ कुवंर, संघ चितवनका अध्यक्ष राम प्रसाद पौडेल, संघका आजिवन सदस्य प्रजन कुमार थापा, ईलेक्ट्रीक व्यवसायी एशोसियसनका अध्यक्ष केशव ढकाल लगाएतले बोेलेका थिए । कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी संघमा आवद्ध व्यवसायीका छोराछोरी मध्य उच्च शिक्षामा उत्कृष्ट अक ल्याउने छोराछोरीलाई तथा पुर्व अध्यक्ष,पुराना व्यवसायीहरु, आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।