महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न


     एभरेस्ट आवाज    
     माघ १८ गते २०८२ मा प्रकाशित




पोखरा । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, पोखरा महानगरपालिका वडा नं ८ मा आयोजित साधारण सभा सञ्जालकी अध्यक्ष भीमा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख अतिथि र वडा नं ८ का वडा अध्यक्षको विशेष उपस्थिति रहेको थियो। साधारण सभामा कास्की जिल्लाभरका करिब ४५० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साधारण सभाका अवसरमा सञ्जालको कार्यसमितिमा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने १२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिकालाई थप सशक्त बनाउँदै समुदायस्तरको स्वास्थ्य सेवामा प्रभावकारी योगदान सुनिश्चित गर्ने विषयमा समेत चर्चा गरिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।