जेन जी युवाले गरे एमाले पोखरा १५ को निर्वाचन कार्यालयको उद्घाटन


     एभरेस्ट आवाज    
     माघ १८ गते २०८२ मा प्रकाशित




नेकपा एमाले क्षेत्र नं २ ले चुनावी प्रचार अभियानलाई तिब्र पारेको छ ।

एमाले उमेद्वार रश्मि आचार्य स्थानीय नेता कार्यकर्तासहित मतदाता भेट्न घरदैलो अभियानमा सक्रिय भएका छन् । पोखरा ४ बाट घरदैलो अभियान शुरु गरेका आचार्यले मतदातासँग सुझाव संकलन समेत गरिरहेका छन् । आफ्नो क्षेत्रका मतदातासमक्ष पुगेका उनले आश्वासन भन्दा पनि समस्या पहिचानका कुरालाई जोड दिएका छन् । अभियानकै क्रममा पोखरा १५ को निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना भएको छ । सो कार्यालयको सोही वडाका जेन जी युवाहरूले उद्घाटन गरेका छन। उनीहरूले उमेद्वार आचार्य सबैको साझा उम्मेदवार भएको बताएका छन् । उनीहरुले युवाको एजेन्डा कार्यान्वयन गर्न युवा उम्मेदवारलाई नै नेतृत्वमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । हामी हाम्रा उम्मेदवार भन्दा देशको निति निर्माण तहमा सक्रिय र हस्तक्षेपकारी भुमिका खेल्न सक्ने राम्रा युवा उम्मेदवारको खोजिमा थियौं, अब त्यो इच्छा कास्की २ बाट पुरा हुनेवाला छ ,उनीहरुले भनेका छन् ।

सो क्रममा उम्मेदवार आचार्यले आफू उत्साहका साथ युवाहरूको सशक्तिकरण सहितका महत्त्वपूर्ण एजेन्डामा कटिबद्धता सहित आएको भन्दै सबैको सुझाव मार्फत कार्य योजना निर्माण गर्ने उल्लेख गरे। आम क्षेत्र न २ बासिन्दाको सुझाब समेतलाई समेटेर प्रतिबद्धता पत्र तयार गरेको उल्लेख गर्दै उम्मेदवार आचार्यले आफै सुझाव संकलन गरेका छन।

टोल टोलका आवश्यकता र जन धारणा सहित युवालाइ समेट्न अगाडि बढेकोमा युवाहरूले उम्मेदवार आचार्यलाई धन्यवाद व्यक्त गर्दै विजयको सुनिश्चितताका लागि जिम्मेवार ढंगले अगाडी बढ्ने प्रण गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।