सन्देश श्रेष्ठ
पोखरा, माघ १८
पोखरामा हुने आहा ! रारा पोखरा गोल्ड कपमा १२ टिमबीच प्रतिष्पर्धा हुने भएको छ । सहारा क्लव पोखराको आयोजनामा यहि माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकपको २५औँ संस्करणमा ४ विदेशीसहित १२ टिमले सहभागिता जनाउने आयोजकले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रतियोगितामा भारतका दुई टिम तथा हङकङ र उज्वेकिस्तानको एक÷एक टिमहरु सहभागी हुने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । प्रतियोगितामा नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड क्लव, मनाङ मस्र्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, सहारा क्लब पोखरा सहभागी हुने उनले बताए । त्यस्तै भारतबाट बण्डरवोल्ड युनाइटेड (सिक्किम) सहित दुई टिम तथा उज्वेकिस्तानको आभा फुटबल क्लब र गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ गरी विदेशी टिमहरू सहभागी हुने आयोजकले जनाएको छ । भारतको एक टिमको नाम फाइनल नभइसकेकाले पछि सार्वजनिक गरिने अध्यक्ष थापाले प्रष्ट्याए ।
प्रतियोगिता यस वर्ष फ्लड लाईटमा खेलाइने भएको छ । भारतबाट फ्लड लाईट भाडामा ल्याएर खेलाउन लागिएको अध्यक्ष थापाले बताए । खेल उज्यालोमै शुरु हुन्छ,उनले भने,‘मध्यान्तर पछिको खेलमात्रै फ्लड लाईटमा खेलाईन्छ ।’ पोखरामा पहिलो पटक फ्लड लाईटमा खेलाउन लागिए पनि यो स्थायी नभई अस्थायी फ्लड लाईट जडान गरिने उनको भनाई छ । २० लाख खर्चेर ल्याईने सो फ्लड लाईट ३५ फिट उचाईको मात्रै रहने उनले प्रष्ट्याए ।
प्रतियोगितामा यस बर्ष पुरस्कार राशीमा दुई लाख बृद्धि गरिएको छ । प्रतियोगिताको यस संस्करणमा उपाधि बिजेतालाई १४ लाख १ हजार रुपैयाँ र उपविजेतालाई ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लवका महासचिव गंगाराज पौडेलले जानकारी दिए । गत वर्ष बिजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । प्रतियोगिता सञ्चालनमा पोखरा महानगरपालिका संरक्षक, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यूके, सहारा हङकङ र सहारा क्लब अष्ट्रेलियाको विशेष सहयोग रहने क्लवका उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै गएको छ । मुस्ताङका…






