कृषि

उत्पादकत्व बढाउन गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाका अनुसार वडा कार्यालयमार्फत किसानसँग ५० प्रतिशत लागत साझेदारीमा हाते ट्रयाक्टर खरिद गरेर वितरण गरिएको हो । कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धिमा टेवा पु¥याउन आधुनिक औजार अनुदानमा उपलब्ध गराउने पालिकाको नीतिअनुरूप हाते ट्याक्टर प्रदान गरिएको छ । “खेती गर्न गाउँमा गोरु पाइनै छाडेका छन्,” उनले भने, “अब कृषिलाई प्रविधिमैत्री बनाउँदै जानुपर्छ, गोरुको अभावमा खेतबारी बाँझै नहुन् ।” अध्यक्ष तिमल्सिनाले… पुरा पढौ

बजारमा माग बढेपछि जैमिनी र तमानमा खायन आलु संरक्षण अभियान सुरु

बलेवा । जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकामा खायन प्रजातिको आलु संरक्षण अभियान थालिएको छ । बजारमा तराईका आलुभन्दा अधिकांशले स्थानीय आलुको माग गर्छन् । त्यसैले स्थानीय तहकै लगानी र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा आलु संरक्षणको काम भएको हो । जैमिनी–३ को नौला, गाजाको दह, नेपाने बस्तीमा आलु प्रशस्त फल्छ । त्यो आलुलाई व्यावसायिक बनाउन वडा तहमा पहल भएको हो । वडाको अभियानमा पालिकाले साथ दिएको वडा नं ३ का सचिव सिमाना छन्त्यालले बताए। यसअघि ताराखोला–४ र ५ मा खायन… पुरा पढौ

१४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन गर्दै पुन

गलकोट । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन् । उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेका हुन् । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका छन्। “श्रमिकका रूपमा कोरिया पुगेको थिएँ । कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाएँ, कोरियामा कमाएको पैसाले १४ रोपनी… पुरा पढौ

किसानलाई उद्यमशीलतासँग जोड्न नगरपालिकाद्वारा मौरी घार वितरण

वालिङ । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम ९मेडपा० अन्तर्गत भिरकोट–९ का किसानलाई घार वितरण गरिएको हो । मौरीपालनका दृष्टिले प्रशस्त वनजङ्गल र चरन क्षेत्र भएकाले पनि मौरीपालन फस्टाउन सक्ने भएकाले वडाका किसानलाई घार वितरण गरी अभियान थालिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । “मौरीपालनका दृष्टिले प्रचुर सम्भावना देखिएकाले अहिले वडा नं ९ मा मौरीका घार वितरण गरेका हौँ”, उनले भने, “आगामी दिनमा यसलाई व्यावसायिकरुपमा अगाडि बढाउँदै… पुरा पढौ

गोरखामा आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान

गोरखा । गण्डकी गाउँपालिकाले पालिकाभित्रका अतिविपन्न परिवारको आयआर्जन बढाउन अनुदानमा बाख्रा वितरण गरेको छ । अतिविपन्न परिवार तथा एकल महिलाको जीविकोपार्जनमा सहयोग पु(याउने उद्देश्यले चालु आर्थिक वर्षमा बाख्रा वितरण गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए । “पालिकाभित्रकै पशुपालक किसानबाट खरिद गरेर सूचीकृत भएका अतिविपन्त परिवार र एकल महिलाको आर्थिकस्तरमा सुधार ल्याउन बाख्रा वितरण गरिएको हो”, उनले भने, “यसबाट अनुदान पाएका परिवारको आयआर्जन बढाउँदै जीविकोपार्जनमा सहज हुने विश्वास छ ।” स्थानीय पशुपालक किसानले उत्पादन गरेका बाख्रा खरिद गरेर वितरण गरेकाले… पुरा पढौ

पोखरा २८ मा कृषि यान्त्रिक र मौरी घार वितरण

लेखनाथ । पोखरा महानगरपालिका वडा नं.२८ ले वडा भित्रका कृषकलाई कृषि यान्त्रिक र मौरी घार वितरण गरेको छ ।पोखरा महानगरपालिका वडा नं.२८ र पोखरा महानगर कृषि महाशाखाको समन्वयमा पचास प्रतिशत अनुदानमा २० वटा कृषि यान्त्रिक र १ सय वटा मौरी घार वितरण गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले कृषि यान्त्रिकको प्रयोग गर्दै खेती योग्य बाँझो जमिनमा कृषि उत्पादन गर्नुपर्नेमा जोड दिए । कृषि उत्पादन मानव जातिको स्वास्थ्यसँग जोडिएको बताउँदै वडा अध्यक्ष लामिछानेले परम्परागत रुपमा प्रयोग… पुरा पढौ

कोदोका परिकारको माग बढेपछि कोदो खेतीतर्फ आकर्षित पर्वतका किसान

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको आकर्षण बढ्दै जान थालेको छ । बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका किसान अहिले पुनः कोदोखेतीमा सक्रिय हुन थालेका छन् । पछिल्ला केही वर्षयता होटल, रेष्टुरेन्ट तथा घरबास ‘होमस्टे’हरुमा कोदोका परिकारको माग बढ्दै गएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको किसानको भनाइ छ । पहिले–पहिले… पुरा पढौ

बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै म्याग्दीका किसान

गलेश्वर । बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक खेतीमा लागेका हुन् । पछिल्लो समय बजारमा जुनेलो र फापरको माग ह्वात्तै बढेको छ । विशेषगरी सहरिया उपभोक्ताको दैनिक उपभोग्य वस्तुका रुपमा जुनेलो र फापरको परिकार बन्ने गरेको छ । त्यसैले ग्रामीण क्षेत्रमा किसानले यी वस्तुको व्यावसायिक खेती सुरु गरेका छन् । दुई÷चार वर्षअघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य… पुरा पढौ

पोखरा र आसपास लगाएतमा धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

गण्डकी । धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले, झिनुवाजस्ता प्रजाति लोप हुँदै गएका छन् । औषधीय गुण भएका रैथाने प्रजातिका धान हराउँदै जाने र बढी उत्पादन हुने नाममा वर्णशङ्कर जातका धान रोप्नेक्रमसँगै नयाँपुस्ताका लागि रैथाने जात एकादेशको कथा जस्तै हुने चिन्ता छ । पोखरा र आसपासमा करिब तीन दशकयता रैथाने जात हराउँदै गइरहेको वास्तविकतामा पोखरा महानगरपालिकाले यिनको संरक्षणसँगै स्थानीयवासीमा पनि सचेतना बढाउने गरी तयारी थालेको पोखरा महानगरपालिका कृषि… पुरा पढौ

चापाकोटकी लक्ष्मी बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै

वालिङ । स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो । आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घरघरमा पु¥याएर बिक्री गर्ने उनको दैनिकी निकै लामो छ । मौसम अनुसारका तरकारी उत्पादन गरी आफैँले डोकोमा बोकेर बजार जाने गरेकाले बिक्रीको समस्या नभएको उनले बताए । “मौसम अनुसार उत्पादन हुने तरकारी दुई÷चार किलोका दरले टिप्छु, सबै मिलाउँदा भारी पुग्छ”, उनले भने, “ग्राहकले पनि आफूले चाहेको ताजा तरकारी घरदैलोमै पाउनुहुन्छ ।” आफूले उत्पादन गरेका तरकारी घरदैलोमै… पुरा पढौ