नेपाल भुतपुर्व खेलाडी मञ्चले स्वर्गीय सरद्चन्द्र शाहलाई मरणोप्रान्त सम्मान अर्पण गर्ने


     एभरेस्ट आवाज    
     वैशाख ४ गते २०८३ मा प्रकाशित




नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।

पोखरा म्याराथनको आयोजक संस्था मञ्चको सम्पन्न पूर्ण बैठकले यही बैशाख ८ गते कार्की डाँडामा बिशेष कार्यक्रमका बिच रजत महोत्सवको समापन, पुनर्मिलन समारोह एवं राष्ट्रिय खेलकुद पुरस्कार वितरण गर्ने निर्णय गरेको छ। मञ्चले खेलकुद क्षेत्रमा विशेष योगदान पुराए बापत स्वर्गीय सरद चन्द्र शाह लाई मरणोप्रान्त अर्पण गर्ने जनाएको छ ।मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिको सिफारिसलाई बैठकलेअनुमोदन गरेको हो ।स्वर्गीय साहका परिवारलाई नगद रु १ लाख सहित पदक र सम्मानपत्र हस्तान्तरण गरिने रानाभाटले जानकारी दिए । राष्ट्रिय खेलकुद पुरस्कार हरेक दुई वर्षमा वितरण गरिनेछ।

स्वर्गीय शाह २०३४ सालदेखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदमा बहाल रही सेवा गरेका थिए । नेपाली खेलकुद को इतिहासमा यस अवधिलाई खेलकुदको स्वर्ण युगको रूपमा लिएको पाइन्छ। खेलकुदलाई चलायमान र संस्थागत गर्नको लागि उनले राष्ट्रिय खेलकुद प्रतियोगिता, नगर खेलकुद प्रतियोगिता र दक्षिण एसियाली खेलकुद प्रतियोगिताको परिकल्पना गरी प्रतियोगिता सञ्चालनमा विशिष्ट योगदान दिएका थिए ।

बैठकमा संस्थाले निवर्तमान अध्यक्ष एवं भलिबलका अन्तर्राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुली हालै मात्र प्रदेश खेलकुद परिषदको सल्लाहकार संयोजक पदमा मनोनीत भएकोमा बधाई ज्ञापन समेत गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।